२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


बजेट निर्यात प्रवद्र्धन गरी व्यापार घाटा न्यूनीकरणमा केन्द्रित हुनुपर्नेमा जोड


0
Shares

नेपाल आर्थिक संघले सोमबार राजधानीमा गरेको पूर्वबजेट छलफलकाक्रममा अर्थविद्हरुले व्यापार घाटा यसैगरी रहिरहँदा देशले ठूलो आर्थिक संकट व्यहोर्नुपर्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

संघका कार्यबाहक अध्यक्ष डा. भवानी ढुंगानाले आगामी वर्ष आर्थिक वृद्धिदर ७ देखि ८ प्रतिशत हासिल हुनेगरी सरकारी योजनाहरु आउनुपर्ने बताए ।

अनियन्त्रितरुपमा भइरहेको सार्वजनिक खर्चको सुधारमा सरकारको ध्यान जानुपर्नेमा पनि उनले जोड दिए ।

पूर्वाधार, उद्योगको विकास भएमात्रै आर्थिक समृद्धि हुने र यसका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा पनि कार्यक्रमका सहभागीहरुले जोड दिए ।

देश संघीयतामा गएसँगै बजेटको आकार बढ्ने भएपनि आगामी बजेट १५ खर्ब रुपैयाँभन्दामाथि नाघ्न नहुनेमा पनि अर्थविद्हरुले सुझाव दिए ।

संघले अबको बजेटले समग्ररुपमा कृषि, स्वास्थ्य तथा पर्यटनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ ।