१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


डा. बाबुराम भट्टराईको नजरमा यो हो ‘समृद्ध नेपाल’को फर्मुला


0
Shares

baburam bhattarai jude supreme cout kp oli resignation imeachment

काठमाडौं, जेठ १ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समृद्ध नेपाल बनाउने फर्मुला सार्वजनिक गरेका छन् ।

मंगलबार बिहान ट्विट गर्दै नयाँ शक्ति पार्टीका संयोजकसमेत रहेका डा. भट्टराईले समृद्ध नेपाल बनाउने फर्मुला सार्वजनिक गरेका हुन् ।

उनले आन्तरिक एकता बलियो बनाएमात्र छिमेकीसँगको सम्बन्ध सहज हुने टिप्पणी गर्दै छिमेकीसँगको सहज सम्बन्धले नै नेपाललाई समृद्ध बनाउन सकिने तर्क गरेका छन् ।

उनले ट्विट गर्दै भनेका छन्, ‘जनकपुर र काठमाडौंले इन्द्रेणी नेपाली राष्ट्रियताबारे एउटै स्वर नगरेसम्म आन्तरिक एकता बलियो हुन्न । आन्तरिक एकता बलियो नभएसम्म छिमेकीसँगको सम्बन्ध सहज हुन्न । छिमेकीसँग सहज सम्बन्ध विना नेपाल समृद्ध बन्दैन । सबैलाई चेतना भया !’