१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नवलपुर बागवानी केन्द्रका आँप र लिचीमा ९२ लाख रुपैंयाँ बढीको ठेक्का


0
Shares

सर्लाही, जेठ १ । सर्लाहीस्थित नेपालकै सबैभन्दा ठूलो उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरको आँप र लिची ठेक्का लागेको छ ।

यो सिजनका लागि आँप ८० लाख र लिची १२ लाख ५१ हजार ५ सय ५१ रुपैयाँमा ठेक्का लागेको हो ।

गोप्य शिलबन्दी खोलेर आँप र लिची एकैसाथ ठेक्का लगाइएको बागवानी केन्द्रका निमित्त प्रमुख भाग्यनारायण झाले जानकारी दिए ।

गत वर्षभन्दा आँप साँढे १२ हजार र लिची १० हजार बढी मूल्यमा ठेक्का लागेको केन्द्रले जनाएको छ ।

बागवानीले वर्षेनी ठूलै रकम सरकारलाई बुझाएपनि त्यहाँका भौतिक संरचना र बोटविरुवाको भने राम्रो रेखदेख हुन सकेको छैन् ।

मर्मत र लगानीको अभावका कारण केन्द्रका पुराना संरचना दिनप्रतिदिन जीर्ण बन्दै गएका छन् ।