
मंगलबार हामीसँग कुरा गर्दै नेता गुरुङले एकता प्रक्रिया टुटेको भन्न नमिले पनि प्रधानमन्त्री ओलीको कार्यशैलीले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतामा अवरोध भने सिर्जना भएको बताए ।
माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतकसमेत रहेका गुरुङले सचिव सरुवा, नीति तथा कार्यक्रम निर्माण, बजेट निर्माणलगायत सरकार सन्चालनका अरु कामहरुमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको गुनासो गरे ।
पार्टी एकतापछि पनि यस्तै रवैया रहने हो भने किन पार्टी एकता गर्ने ? भन्ने प्रश्न माओवादी केन्द्रभित्र उठ्ने गरेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्