Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


राष्ट्रको हितविपरीत क्रियाकलाप गरेर राष्ट्रवादी हुन सकिँदैन : पौडेल


0
Shares

नेपाली कांग्रेस कालिकोटको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने–‘नेपालमा कम्युनिष्टको नाममा राज्यको ब्रह्मलुट गर्नेबाहेक अन्य काम हुन सक्दैन ।’

नेता पौडेलले नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद भनेको निमुखालाई न्याय र विपन्नलाई आय भएको बताउँदै अहिले नेपाली कांग्रेस जनताकाबीचमा गएर प्रजातान्त्रिक समाजवादको नारालाई व्यावहारिक रुप दिन लागिपर्न अनुरोधसमेत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वशान्ति तथा पुनःनिर्माणमन्त्री हृदयराम थानीले नेपालमा कांग्रेसबाहेक अन्य कसैले विकास गर्न नसक्ने बताए ।

नेपाली कांग्रेस कालिकोटका सभापति हर्षबहादुर बमले सिंहदरबारको अधिकार गाउँमा आउन नसकेको बताए । रासस