
केवाइसी अध्यावधिक नगर्नेको कारोबारमा रोक लगाएसँगै यसदिन कारोबार उल्लेख्य दरले खुम्चियो ।
यसदिन नेप्से ४ अंकले झरेर १३ सय ३३ अंकमा आइपुग्यो । सोमबार पनि नेप्से १० अंकले ओर्लिएको थियो ।
यसदिन व्यापार र उत्पादनमूलक समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो ।
यसदिन १४३ कम्पनीका ३ लाख १९ हजार कित्ता सेयर १४ करोड ९२ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्