
म्याग्दी, जेठ २ । आगलागीबाट एक बर्षअघि ध्वस्त भएको म्याग्दीको एक विद्यालयलाई कोरियाली संस्थाले १० कोठे भवन बनाउन १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बेनी नगरपालिका–४ डाँडाखेतमा अवस्थित बालमन्दिर आधारभूत विद्यालयको भवन पुनर्निमाणमा दक्षिण कोरियामा रहेका म्याग्देलीको सक्रियतामा ग्लोबल एजुकेशन फर रिपब्लिक अल फाउन्डेशनले सहयोग गर्न लागेको हो ।
भवनको शीलान्यास गर्दै संस्थाका अध्यक्ष याङले विद्यालयको भवन जलेर नष्ट भएपछि खुल्लाचौरमा विद्यार्थीले पढ्दै गरेको तस्वीरले स्तब्ध भएको बताए ।
आगलागीबाट कक्षा कोठा, कार्यालय, कम्प्युटर ल्याब र पुस्तकालय रहेको ८ कोठे दुई तले भवन पूर्णरुपमा जलेर नष्ट हुदाँ ९२ लाख रुपैया बराबरको क्षति भएको थियो ।
प्रतिक्रिया दिनुहोस्