चितवन, कात्तिक २७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुईतिहाइ बहुमतको वर्तमान सरकार गतिहीन बनेको आरोप लगाएका छन् ।
मंगलबार प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले अहिलेसम्मकै बलियो सरकारकारुपमा रहेको ओली सरकारको भनाइ र काम गराइमा धेरै अन्तर रहेको जिकिर गरे ।
सरकारका गतिविधिले जनतामा निराशा छाएको उनको भनाइ थियो ।
शक्तिशाली सरकार र प्रतिपक्षीसमेत शान्त रहेका बेला पनि सरकारले काम गर्न नसकेको टिप्पणी उनले गरे ।
नेता पौडेलले कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई प्रक्रिया नपुर्याइ हतार–हतार पार्टी उपसभापति बनाइएकोे बताए । व्यक्तिमा भने आफ्नो विमति नरहेको उनले उल्लेख गरे ।









प्रतिक्रिया दिनुहोस्