ताप्लेजुङमा प्लाइउडको कच्चापदार्थ भेनियर उद्योग स्थापना • Image Khabar Image Khabar


ताप्लेजुङमा प्लाइउडको कच्चापदार्थ भेनियर उद्योग स्थापना


Imagekhabar
२ जेष्ठ २०७५, बुधबार २१:४५

ताप्लेजुङमा प्लाइउडको कच्चापदार्थ भेनियर उद्योग स्थापना

फुङ्लिङ नगरपालिका–७ मा कन्काइ भेनियर उद्योग स्थापना भएको हो ।

एक करोड रुपैयाँभन्दा बढी लगानीमा उद्योग स्थापना गरेको सन्चालक मानबहादुर भट्टराईले जानकारी दिए ।

स्थानीय स्रोत–साधनको प्रयोग गर्दै झापालगायतका जिल्लामा निर्यात गर्ने गरी प्लाइउडको कच्चापदार्थ उत्पादन गर्न सुरु गरिएको छ ।

४० जनाले प्रत्यक्ष रोजगारी पाएको सो उद्योगमा मासिक ३० लाख बराबरको कारोबार हुन थालेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्