२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलको भाउ प्रतिलिटर ११० पुग्यो


0
Shares

बुधबार बेलुका बसेको नेपाल आयल निगम सन्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्यपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ । रासस