Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


खनाल र नेम्वाङका ३७ योजना, चार/चार करोड विनियोजन


0
Shares

मंगलबारे, कात्तिक २७ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि रु चार/चार करोड विनियोजन गरेका छन् ।

नेकपा इलामले सदरमुकामस्थित पार्टी कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा खनाल र नेम्वाङले बजेटसहितका ३७ योजना छनोट गरेका हुन् ।

इलाम क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभामा निर्वाचित खनालले सूर्योदय नगरपालिकामा पूर्वाधार निर्माणका लागि रु एक करोड ४० लाख, माई नगरपालिकाका सात वडाका लागि रु ७० लाख, रोङ, सन्दकपुर र माइजोगमाई गाउँपालिकामा रु ६० लाखका दरले रकम छुट्याएका छन् ।

इलाम नगरपालिकामा रु १० लाख विनियोजन गरेका छन् । उनले २० योजना छनोट गरेका हुन् ।

यसैगरी क्षेत्र नम्बर–२ का सांसद नेम्वाङले इलाम नगरपालिकाका लागि रु ९० लाख, देउमाई नगरपालिकाका लागि रु ८३ लाख, माई नगरपालिकामा रु ३२ लाख र फाकफोकथुम, चुलाचुली माङसेबुङ गाउँपालिकामा भने रु ६५ लाखका दरले रकम विनियोजन गरेका हुन् ।

नेम्वाङले १७ योजना छनोट गरेका छन् ।

स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम सन्चालन कार्यविधिले रु ५० लाखभन्दा बढीको दुई योजना अनिवार्य छनोट गर्नुपर्ने व्यवस्थाअनुरूप नै उनीहरूले योजना छनोट गरेको नेकपाका जिल्ला अध्यक्ष भक्त केसीले जानकारी दिए ।

सोअनुरूप खनालले माई नगरपालिकाको लखनथापा चोकदेखि नगरपालिकासम्मको बाटो कालोपत्रे गर्नका लागि रु ७० लाख र सूर्योदय नगरपालिकाको विद्युतीकरणका लागि रु ५० लाख छुट्याएका छन् ।

नेम्वाङले पुवाखोलाको इन्टेकदेखि साङरूम्बा हुँदै गाग्रेभञ्याङ जोड्ने सडकका लागि रु ८० लाख र माङसेबुङ गाउँपालिकाको विद्युतीकरणका लागि रु ५० लाख छुट्याएका हुन् ।

संघीय सांसदले रु चार करोड बराबरको योजना कात्तिक ३० गतेभित्र छनोट प्रावधानअनुरूप उनीहरूले बजेट तथा योजना छनोट गरेका हुन् । रासस