
ध्रुवसागर शर्मा (इमेज)
म्याग्दी, कात्तिक २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मंगलबार म्याग्दीका पर्यटकीय क्षेत्रसहित विकासका आयोजनाहरुको अवलोकन गरेका छन् ।
पत्नी सीता दाहालको उपचारकाक्रममा तातोपानी स्नानका लागि उनी सोमबार गृहमन्त्री रामबहादुर थापासहित म्याग्दी आएका थिए ।
सोमबार तातोपानी कुन्डमा स्नान गरेका दाहालले मंगलबार बिहान पनि कुन्डमा स्नान गरे ।
उनले कालीगन्डकी नदीले कटान गरेको बेनी बजारको तटबन्धको निरीक्षणसमेत गरे ।
दाहालले ४० मेगावाट क्षमताको निर्माणाधीन रहुघाट जलविद्युत् आयोजनाको निरीक्षण गर्नुका साथै कालीगन्डकी कोरिडोरको पनि अवलोकन गरे ।
उनी म्याग्दीको धार्मिक पर्यटकीयस्थल गलेश्वरधामकोसमेत दर्शन गर्न पुगेका थिए ।
अध्यक्ष दाहालसहितको टोली बुधबार (भोलि) साँझ राजधानी फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्