
म्याग्दी, जेठ ३ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले म्याग्दीको रुप्से झरनामा जलविद्युत् आयोजना बनाउन नदिने बताएका छन् ।
पर्यटकीय आकर्षकको रुपमा रहेको रुप्से झरनामा जलविद्युत् आयोजना निर्माण गर्दा पर्यटक प्रभावित हुने भन्दै उहाँले आयोजना निर्माणमा रोक लगाउन निर्देशन दिएका हुन् ।
म्याग्दी भ्रमण वर्षको उद्घाटनका लागि बेनी पुगेका मन्त्री अधिकारीलाई रुप्से झरनामा जलविद्युत आयोजना बनाउन नदिन माग गर्दै अनेरास्ववियूका केन्द्रीय सदस्य प्रकाश पौडेलसहितको टोलीले ज्ञापनपत्र बुझाएको थियो ।
रिर्चस एन्ड डेभलपमेन्टले झरना माथिबाट निर्माण गर्न लागेको चार मेगावाट र बीचबाट मुक्तिनाथ उर्जा विकास कम्पनी प्रालिले स्थानीय केही ब्यक्तिलाई प्रयोग गरी जलविद्युत् आयोजनाको प्रक्रियामा प्रवेशको प्रयास गरेको समाचार सार्वजनिक भएपछि स्थानीय सरोकारवालासमेत आन्दोलित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्