
उनीहरुले यही जेठ ५ गतेदेखि धनगढीदेखि खप्तडसम्म साइकल यात्रा गर्ने भएका हुन् ।
बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै लायन्स क्लब अफ कैलाली फारवेस्टले धनगढी–खप्तड साइकल यात्राकाबारेमा जानकारी गराएको हो ।
सो यात्रामा धनगढी उपमहानगरपालिका–२ का विवेक शर्मा, सोही ठाउँका खगेन्द्रसिंह धामी र गोदावरी नगरपालिका–८, मजगाउँका भरतविक्रम शाही जाने भएका हुन् ।
साइकलमा धनगढीदेखि खप्तडसम्मको यात्रा गर्ने भन्दै शाहीले खप्तडसम्मको एकहप्ते साइकल यात्रामा निस्कने सम्भवतः यो टोली पहिलो भएको बताए ।
टोलीका सदस्य शाहीले कैलाली भ्रमण वर्ष मनाइरहँदा थालेको साइकल यात्राले पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंहले कैलालीमा साइकल संघ नभएको अवस्थामा आगामी दिनमा यो यात्राले साइकल संघ गठन गर्न सहयोग पुग्ने बताए ।
जेठ ५ गते बिहान धनगढीको ट्राफिक चौराहाबाट सुरु हुने साइकल यात्रा बुडर, भातकाँडा, शिलगडी हुँदै ९ गते खप्तड पुग्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्