१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


आफूखुसी गरिने शारीरिक ब्यायाम र योग अभ्यास घातक (भिडियो)


0
Shares

-प्रतिक्षा खनाल र राममान डंगोल(ईमेज)

काठमाडौं । शारीरिक तन्दुरुस्तीका लागि तपाईं हामी धेरैले व्यायाम तथा योगअभ्यास गर्ने गर्दछौं ।

तर आफूखुसी  गरिने त्यस्ता अभ्यासले शरीर तन्दुरुस्त बनाउनुको सट्टा उल्टो समस्याको शिकार पनि बनाउन सक्ने खतरा पनि हुन्छ ।

शरीर स्वस्थ राख्न हामी कुनै न कुनै प्रकारका व्यायाम गर्ने गर्छौ नै । तर हामीले गर्दै आएको व्यायामको तरिका कतै गलत त छैन भनेर जानकारी राख्नु जरुरी छ ।

किनकी सहि पद्धति नजानी व्यायाम गर्दा शरीरलाई नकारात्मक असर पर्न सक्ने चिकित्सकहरु बताउँछन् ।

जुनसुकै व्यायाम गर्दा उक्त व्यायामको  पनि नियम र पद्धतिलाई सहि रुपले पालना गर्नु आवश्यक हुन्छ ।

अहिलेको समयमा परम्परागत योग निकै लोकप्रिय छ ।

योग थोरै ज्ञानका साथ पनि गर्न सकिन्छ भन्ने मान्यता पनि रहको छ, तर सहि तरिका नजानिकन गरेमा योगबाट ईच्छाएको लाभ भने पाईदैन ।

बिना प्रशिक्षण, योगको साधारण श्वासप्रस्वासको अभ्यास गर्दा समेत प्रक्रिया नमिल्ने र त्यसरी गरिने योगबाट लाभ पनि नमिल्ने चिकित्सकहरुको भनाइ छ ।

तालिमप्राप्त प्रशिक्षकको प्रत्यक्ष निगरानीमा प्रशिक्षण लिएपछि मात्रै आपूmले अभ्यास गर्दा त्यसबाट शरिरलाई लाभ हुन्छ ।

त्यसैले दक्ष प्रशिक्षकको रेखदेखमा योग गर्नु उपयुक्त हुने चिकित्सकहरुको भनाइ छ ।

शरीर चुस्त दुरुस्त राख्न गरिने व्यायामको पूर्ण लाभ लिन सके उच्च रक्तचाप, मधुमेह, वाथ जस्ता दीर्घरोग पनि निको हुन्छ ।

तर सही पद्धतिबाट नियमित ब्यायाम गर्नु भने आवश्यक हुन्छ ।