२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सेयरबजार हरियो


0
Shares

नेप्से डेढ अंक बराबरले बढेर १३ सय ३९ कायम भएर थामियो । यसदिन आधा समूह हरियो रहे भने आधा रातो रहे ।

यसदिन बिमा, जलविद्युत्, विकास बैंक, होटल र वाणिज्य बैंक समूह सकारात्मक रहे । बिमा समूह २८ अंकले बढे पनि अरु समूह सामान्य अंकले हरियोमात्र रहेका हुन् । उत्पादनमूलक, लघुवित्त, व्यापार, अन्य र वित्त समूह ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीका ५ लाख ८० हजार कित्ता सेयर २८ करोड ५५ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।