२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मोरङ र भारतको बिहारलाई एक वर्षभित्रै रेलमार्गले जोड्ने तयारी (भिडियो)


0
Shares

ध्रुव भट्टराई/
विराटनगर, जेठ ४ । नेपाल र भारतको सीमावर्ती राज्य बिहार र मोरङ एक वर्षभित्र रेलमार्गमा जोडिने भएका छन् ।

भारत बिहारको बथनाहादेखि नेपालको मोरङ कटहरीसम्मको रेलमार्ग निर्माण धमाधम भइरहेको हो । यद्यपि, जग्गासम्बन्धी केही विवादले काम रोकिँदा समस्या देखिएको छ ।

बथनाहा कटहरी रेल्वे परियोजनाको काम अन्तिम चरणमा पुगेको छ । नेपालतर्फ यतिबेला धमाधम लिक बिछ्याउने काम भइरहेको छ । नेपाल तर्फको ३ किलोमिटर क्षेत्रको मुआब्जा विवाद समाधान भए अबको १ वर्ष अर्थात् २०१९ मार्च महिना सम्ममा रेल आउनेछ ।

३७३ करोड भारतीय रुपैयाँ लागत रहेको रेलमार्ग भारतको बथनाहादेखि नेपालको कटहरीसम्म १८.६ किलोमिटरको काम जारी छ । नेपालको सीमासम्म आगामी अक्टोवरसम्म रेल आउने र नेपालमा देखिएको जग्गाको विवाद अन्त्य भए अर्को वर्षको मार्चसम्म कटहरीमा रेल कुदेको हेर्न पाइने निर्माण कम्पनीका मेनेजर डाइरेक्टर प्रदीप कुमार दाबी गर्छन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्