पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेविसंघद्वारा आयल निगम घेराउ • Image Khabar Image Khabar


पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेविसंघद्वारा आयल निगम घेराउ


Imagekhabar
४ जेष्ठ २०७५, शुक्रबार १२:४२

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेविसंघद्वारा आयल निगम घेराउ

काठमाडौं, जेठ ४ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले नेपाल आयल निगम घेराउ गरेको छ ।

दैनिक उपभोग्य वस्तुको पटक–पटक मूल्य बढाएर सरकारले जनताको ढाड सेकेको आरोप विद्यार्थीहरुको छ ।

यो मूल्यवृद्धि जनहित विरोधी र कमिशनउन्मुख रहेको भन्दै नेविसंघले तत्काल फिर्ता लिन माग गरेको छ ।

विद्यार्थीहरुले निगमको गेट अगाडि विरोध प्रदर्शन गरेका हुन् । माग बेवास्ता गरिए जनताका बीचमा गई मूल्यवृद्धि विरुद्धको आन्दोलन थाल्ने चेतावनी विद्यार्थीको छ ।

प्रतिक्रिया दिनुहोस्