
धादिङ, जेठ ४ । नेपाल क्यानोनिङ एसोसिएसनले जेठ २५ र २६ गते क्यानोनिङ महोत्सव (रेन्देभू) आयोजना गर्ने भएको छ ।
धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ स्थित रानी झरनामा छाँगा महोत्सव गर्न लागेको हो ।
छाँगा महोत्सवका लागि जेठ २० देखि २४ गतेसम्म क्यानोनिङ गाइड तालिमसमेत गर्ने संघले जनाएको छ ।
एसोसिएसनले यसअघि सन् २०११ मा पहिलोपटक क्यानोनिङ महोत्सव आयोजना गरेको थियो ।
संघले पर्वतीय साहसिक पर्यटनको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष छाँगावरोहण कार्यक्रम गर्दै आएको छ ।
सन् २०१३ देखि २०१७ सम्म प्रत्येक वर्ष भोटेकोशी, नुवाकोटको थानापाती र ककनीमा महोत्सव आयोजना गरिएको थियो ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्यानोन, पर्यटन व्यवसायी लगायतको सहभागिता रहनेछ । पाँच सयभन्दा बढी व्यक्ति महोत्सवमा सहभागी हुने दावी संस्थाको छ ।
नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र प्रवर्द्धनमा उक्त महोत्सव आयोजना हुन लागेको हो ।
महोत्सवमा १५ जनालाई आधारभूत तालिम समेत दिईने छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको एसोसिएसनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्