अध्यक्ष दाहालले लिए मन्त्री यादवको स्वास्थ्य अवस्थाको जानकारी • Image Khabar Image Khabar


अध्यक्ष दाहालले लिए मन्त्री यादवको स्वास्थ्य अवस्थाको जानकारी


Imagekhabar
४ जेष्ठ २०७५, शुक्रबार १४:०७

अध्यक्ष दाहालले लिए मन्त्री यादवको स्वास्थ्य अवस्थाको जानकारी

विगत तीन दिनदेखि छालाको इन्फेक्सन, टाउको दुख्नेलगायतका समस्याबाट पीडित मन्त्री यादव उपचाररत् नर्भिक अस्पताल पुगेर अध्यक्ष दाहालले उनको स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिएका हुन् ।

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले भने–‘अध्यक्षले मन्त्री यादवको स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्यलाभको कामना गर्नुभयो ।’

अध्यक्ष दाहालले स्वाथ्यमा सुधार नभए अन्य अस्पतालमासमेत उपचारमा जान सुझाव दिएका छन् ।

‘सम्भव भएसम्म स्वदेशमा नै उपचार गरौं, भएन भने विदेशका अस्पतालमासमेत उपचार गर्नुपर्ने हुनसक्छ’–अध्यक्ष दाहालले भने ।

चिकित्सकले भने मन्त्री यादवको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्