‘सिन्डिकेट’ हटाउने महानिर्देशक भट्टराईलाई मन्त्रालयमा तानियो • Image Khabar Image Khabar


‘सिन्डिकेट’ हटाउने महानिर्देशक भट्टराईलाई मन्त्रालयमा तानियो


Imagekhabar
४ जेष्ठ २०७५, शुक्रबार १७:४६

‘सिन्डिकेट’ हटाउने महानिर्देशक भट्टराईलाई मन्त्रालयमा तानियो

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको एकाधिकार तोड्न विशेष भूमिका खेलेका उनलाई विभागबाट हटाएर मन्त्रालयमा ल्याउने निर्णय गरेका हुन् ।

गत बुधबार मन्त्री महासेठले भट्टराईलाई मन्त्रालयमा तान्ने पत्र तयार पार्न लगाएको बुझिएको छ ।

तर, मन्त्रालयका सचिवले पत्रमा हस्ताक्षर गर्न नमानेपछि पत्र बुझाउन ढिलाइ भएको थियो ।

तर, शुक्रबार मन्त्रालयका सहसचिव ध्रुव जोशीले हस्ताक्षर गरेको पत्र महानिर्देशक भट्टराइलाई थमाइएको हो ।

भट्टराईले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका संशोधन तथा नयाँ कार्यविधि बनाउन सक्रिय भूमिका निभाएका थिए ।

गत चैत १८ गते यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि ल्याएसँगै यातायात व्यवसायीहरू उक्त कार्यविधि खारेज गर्नुपर्ने र महानिर्देशक भट्टराईलाई हटाउने ‘लबिङ’मा लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्