८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


प्रधानमन्त्रीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने


0
Shares

काठमाडौं, असार १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सदनलाई जानकारी गराउने उद्देश्यले प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन ।

उनले हिजै प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने तय भए पनि अन्तिम समयमा आएर रोकिएको थियो ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेलमार्ग, उर्जा, जलस्रोतलगायतका विषयमा सहमति भएको थियो ।

चीन भ्रमणमा जानुअघि पनि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा र राष्ट्रियसभालाई सम्बोधन गर्दै आफ्ना एजेन्डाबारे जानकारी दिएका थिए ।