‘च्यवनप्राश खाएर तंग्रिन’ कांग्रेसलाई ओलीको सुझाव (भिडियो) • Image Khabar Image Khabar


‘च्यवनप्राश खाएर तंग्रिन’ कांग्रेसलाई ओलीको सुझाव (भिडियो)


Imagekhabar
४ जेष्ठ २०७५, शुक्रबार २१:००

‘च्यवनप्राश खाएर तंग्रिन’ कांग्रेसलाई ओलीको सुझाव (भिडियो)

शुक्रबार पेरिसडाँडास्थित साविक माओवादी केन्द्रको केन्द्रीय कार्यालयको अवलोकनपछि बोल्दै उनले पार्टी एकतापछि कम्युनिष्ट शक्ति अभूतपूर्वरुपमा मजबुत् भएको भन्दै नेपाली कांग्रेसलाई ‘च्यवनप्राश खाएर तंग्रिन’ सुझाव दिए ।

‘कार्यालयसमेत राख्न नसकेका’ अरु कम्युनिष्ट पार्टीहरु पनि एकता प्रक्रियामा आए उनीहरुलाई पनि सम्मानजनक स्थान दिने अध्यक्ष ओलीको भनाइ थियो ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता देश र जनताका लागिमात्र भएको बताए ।

यसअघि, दुवैजनाले धुम्बाराहीस्थित साविक नेकपा एमालेको केन्द्रीय कार्यालयको अवलोकन गरेका थिए ।

दुवै कार्यालयमा दुवै अध्यक्षले एउटै टेबुलमा पदबहालीसमेत गरेका थिए ।

एमाले र माओवादी केन्द्र विघटित भएर बिहीबार नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि शुक्रबार दुवै अध्यक्ष दुवै कार्यालयमा पुगेका हुन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्