१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


‘करबाकेली इको ट्रेक’ पदमार्ग शुभारम्भ


0
Shares

करबाकेली पर्यटन व्यवस्थापन समितिद्वारा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक काशीराज भण्डारी र ‘टान’का अध्यक्ष नवराज दाहालले पदमार्गको नक्सा, पोस्टर, क्यालेन्डर र बुकलेट विमोचन गरेर पदमार्गको शुभारम्भ गरे ।

कास्कीको वीरेठाँटी, तीखेढुंगा, उल्लेरी हुँदै म्याग्दीको घोडेपानीबाट पुनहील, फूलबारी हुँदै करबाकेलीथान भएर बेनीबजार निस्कने पदमार्गलाई करबाकेली इको ट्रेककारुपमा ‘ब्रान्डिङ’ गरिएको हो ।