
८ हजार ५८६ मिटरको उचाइमा रहेको यस हिमालमा योपटक चार वर्षपछि भएको सफल आरोहण हो ।
बुधबार साँझ एक्सपिडिसन वेसका प्रथम निर्देशक संखुवासभाका लाक्पा शेर्पा, सोलुखुम्बुका पेम्बा ग्याल्जेन शेर्पा, अष्ट्रेलियाका नागरिक क्रिस्चिन प्याट्रिसियन वुर्कले सफल आरोहण गरेका हुन् ।
यस्तै, बुधबार नै सेभेन समिट ग्रुपबाट रसियन नागरिक सेर्गे र जर्मनका हेर्वेर्डले आरोहण गरेको समिटका मेनेजर फुर्तेन्जी शेर्पाले जानकारी दिए ।
समिटबाट गत अप्रिल ५ र १४ मा दुई समूह आरोहणका लागि हिँडेको थियो ।
कन्चनजंघा क्षेत्रमा टेलिफोन सम्पर्क नभएकाले आरोहणदलका सदस्यले बेसक्याम्प फर्किएपछि स्याटलाइटमार्फत् सफल आरोहणकाबारेमा जानकारी दिएका हुन् ।
गत वर्ष आरोहणका लागि गएको तीन नेपाली महिलासहित ११ जना विदेशी नागरिकको टोली चौथो बेसक्याम्प पुगेर फर्किएको थियो । त्यसअघिका दुई वर्ष कसैले आरोहणको प्रयास गरेका थिएनन् ।
लगातार दुई वर्ष दुर्घटना भएपछि भने आरोहणको प्रयास भएको थिएन ।
आरोहणकाक्रममा सन् २०१३ र १४ मा ८ जनाको ज्यान गएपछि त्यसपछिका दुई वर्ष कसैले आरोहणको अनुमति नलिएको बताइएको छ ।
यो वर्ष करिब चार दर्जनले आरोहणको प्रयास गरिरहेका छन् । जसमध्ये एसियन ट्रेक प्रालिका २१ जना दोस्रो र तेस्रो बेसक्याम्पमा रहेको बताइएको छ ।
उनीहरुले यही जेठ ६ र ७ गते आरोहण गर्ने योजना रहेको एसियन ट्रेक प्रालिका मेनेजर सन्जय बरालले जानकारी दिए ।
बुधबार सफल आरोहण गरेको टोलीले पूर्वी मोहडाबाट आरोहण गरेको थियो । जेठ ६ र ७ गते आरोहण गर्ने टोलीले पनि सोही मोहडाबाट नै आरोहण गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्