
नेपाल कम्युनिष्ट पार्टीको शनिबार बसेको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेसम्मका उपलब्धिलाई संस्थागत गर्ने र मुलुक समृद्धिको आगामी रणनीतिलाई समेटेर सरकारले नीति तथा कार्यक्रम ल्याउने बताए ।
पाँच वर्षभित्रमा देखिनेगरी मुलुकमा विकासको जग निर्माण गर्नु अहिलेको आवश्यकता भएको भन्दै प्रधानमन्त्री ओलीले जनताको अभिमतप्रति जिम्मेवारी बोध र उच्च सम्मान हुनेगरी नीति तथा कार्यक्रम आउने जिकिर गरे ।
जनतालाई प्रत्यक्ष अनुभूति हुनेगरी बजेट : दाहाल
बैठकमा नेकपाका अर्का अध्यक्ष एवं सांसद पुष्पकमल दाहालले जनतालाई प्रत्यक्ष अनुभूति हुनेगरी फरक ढंगले आगामी वर्षको बजेट र नीति तथा कार्यक्रम ल्याइने बताए ।
बैठकमा संसदीय दलका नेता ओली र सांसद दाहालले जिम्मेवाररुपले संसदमा प्रस्तुत् हुन र जनताप्रति उत्तरदायी बन्न सांसदहरुलाई निर्देशन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्