२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेप्सेसहित कारोबार पनि झर्‍यो


0
Shares

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा साढे १ अंकलेमात्र सकारात्मक रहेर अन्तिम दिन १३ सय ३९ अंकमा पुग्यो ।

यो साता वाणिज्य बैंक र वित्त समूहमा सामान्य गिरावट आयो भने अरु समूहमा पनि थोरै अंककोमात्र सुधार भयो ।

यो साता कारोबार परिमाणमा पनि गिरावट आयो । १७६ कम्पनीहरुको एक अर्ब ८ करोड १९ लाख रुपैयाँ बराबरका २३ लाख २९ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।

गत साता १८१ कम्पनीहरुको दुई अर्ब १९ लाख रुपैयाँ बराबरका ४८ लाख १२ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताकोभन्दा करिब ४६ प्रतिशतले कम हो ।

यो साता कारोबार रकम र कारोबार भएको सेयर संख्याको आधारमा सिद्धार्थ बैंक एवं कारोबार संख्याको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक अग्रस्थानमा रहे ।

कारोबार रकमकै आधारमा सिद्धार्थ बैंकलाई वोमी माइक्रोफाइनान्स वित्तीय संस्था, सिद्धार्थ इन्स्योरेन्स, स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले क्रमशः पच्छ्याउन पुगे ।