चालू खाताले बाह्य क्षेत्र सन्तुलनमा चुनौती : राष्ट्र बैंक • Image Khabar Image Khabar


चालू खाताले बाह्य क्षेत्र सन्तुलनमा चुनौती : राष्ट्र बैंक


Imagekhabar
५ जेष्ठ २०७५, शनिबार २०:५५

चालू खाताले बाह्य क्षेत्र सन्तुलनमा चुनौती : राष्ट्र बैंक

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको पछिल्लो आर्थिक स्थितिमा अघिल्लो वर्षको ९ महिनामा चालू खाता १० अर्ब ३४ करोड रुपैयाँले घाटामा रहेकामा समीक्षा अवधिमा सो घाटामा उल्लेख्य विस्तार भाइ १७१ अर्ब ६४ करोड पुगेको जनाइएको छ ।

समीक्षा अवधिमा आयात उल्लेख्य रहेकाले चालू खाता उच्च घाटा भएको हो ।

फलस्वरुप, अघिल्लो वर्षको ९ महिनामा ५० अर्ब ६० करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा १४ अर्ब ६० करोडले घाटामा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह १४ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ११ अर्ब ७ करोड रहेको थियो ।

आर्थिक वर्ष २०७३/७४ को ९ महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट बचत ११ अर्ब ८३ करोड रहेकामा आर्थिक वर्ष २०७४/७५ को सोही अवधिमा बजेट घाटा वृद्धि भइ ११२ अर्ब ७५ करोड पुगेको छ ।

समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ६४३ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ४१९ अर्ब ९३ करोड रहेको थियो ।

समीक्षा अवधिमा चालू खर्च ४९१ अर्ब ३० करोड पुगेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ३०५ अर्ब ७७ करोड रहेको थियो ।

समीक्षा अवधिमा पुँजीगत खर्च ४७.१ प्रतिशतले बढेर १०८ अर्ब ९६ करोड भएको छ । अघिल्लो वर्ष यस्तो खर्च ७४ अर्ब ९ करोड भएको थियो ।

प्रतिक्रिया दिनुहोस्