Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


प्रहरीले घुस लिएको भन्दै सीमामा भारतीय युवाले आक्रमण गर्ने खतरा


0
Shares

कञ्चनपुर, जेठ ६ । नेपाल र भारत सीमाको दश गजा छेउँमै रहेको डोकेबजार शनिबार दिउँसो सुनसान थियो ।

भारतीय युवाहरुबाट धम्की आएपछि त्रासमा रहेका स्थानीय बासिन्दा तथा व्यापारी सुरक्षित वातावरण बनाउनुपर्ने माग गर्दै प्रहरी चौकीमा भेला भएका थिए ।

‘सीमापारि युवाबाट धम्की आएकाले हामी कसैबाट घट्ना घटछ कि भनेर सबै त्रसित भएका छौं,’डोकबजार व्यवस्थापन समितिका अध्यक्ष मेघराज कनौजियाले भने,‘सीमा नजिक उसै पनि सुरक्षा संवेदनशीलता हुन्छ, प्रहरीको गल्तीका कारण हामी निराशामा परेका छौं ।’

प्रहरीले सर्वसाधारण जोखिममा पार्नेगरी भारतीय युवाबाट १ लाख ८३ हजार पैसा लिएको स्थानीय बताउँछन् । प्रहरीले त्यो लिएको पैसा फिर्ता गरेमात्र त्रास कम हुने स्थानीय युवा भरतबहादुर सिंहले बताए ।

‘प्रहरीले झुठो कुरा गरेर उनीहरुबाट १ लाख ८३ हजार लिएको फिर्ता हुनुपर्छ’, उनले भने ।

भारतीय युवा र प्रहरीबीच विवाद हुँदा प्रहरीको सुनको चेन र लकेट हराएको भन्दै १ लाख ८३ हजार प्रहरीले उनीहरुबाट लिएको स्थानीयको भनाइ छ ।
-नागरिक दैनिकबाट