अमलेखगञ्ज डिपोमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरहरुमा लकिङ प्रणाली • Image Khabar Image Khabar


अमलेखगञ्ज डिपोमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरहरुमा लकिङ प्रणाली


Imagekhabar
६ जेष्ठ २०७५, आईतवार १६:४०

अमलेखगञ्ज डिपोमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरहरुमा लकिङ प्रणाली

बारा, जेठ ६ । नेपाल आयल निगमले बाराको अमलेखगञ्ज डिपोमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरहरुमा पनि लकिङ प्रणाली जडान गरेको छ ।

अमलेखगञ्जस्थित निगमको मध्यमाञ्चल क्षेत्रीय कार्यालयमा आइतबार आयोजित कार्यक्रममा बाराका प्रमूख जिल्ला अधिकारी विजयनारायण मानन्धर र निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले संयुक्त रुपमा लकिङ प्रणाली जडान गरेका हुन् ।

भारतको रक्सौल र बरौनीबाट लोड भएर अमलेखगञ्ज आउने ट्यांकरहरुमा लक लगाइएको हो । रक्सौलबाट अमलेखगञ्ज, पोखरा, काठमाडौं, जनकपुर लगायतका क्षेत्रमा समेत पेट्रोलियम पदार्थ जाने गरेको र चुहावट प्रमूख समस्या देखिएको निगमका कार्यकारी निर्देशक भट्टराईले बताए ।

लकिङ प्रणाली जडानपछि पेट्रोलियम पदार्थ चुहावट रोकिने निगमको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्