साताको सुरुवातमै नेप्सेमा तीब्र उतार–चढाव • Image Khabar Image Khabar


साताको सुरुवातमै नेप्सेमा तीब्र उतार–चढाव


Imagekhabar
६ जेष्ठ २०७५, आईतवार १९:४६

साताको सुरुवातमै नेप्सेमा तीब्र उतार–चढाव

काठमाडौं, जेठ ६ । साताको शुरुको दिन आइतबार शेयर बजारमा तीब्र उतार चढाव आएको छ ।

शुरुवाती समयमा उकालो लागेर १६ अंकले बढेको नेप्से १ घण्टा नहुँदै उस्तै दरले ओर्लिदैं अन्तिम समयमा आधा अंकजसोले ऋणात्मक रही १३३९ दशमलब १९ कायम भएर थामियो ।

आधाभन्दा बढी समूह रातो रहेसँगै नेप्से पनि ऋणात्मक रहन पुगेको हो ।

होटल, उत्पादनमूलक, वाणिज्य बैंक, अन्य र वित्त समूह ऋणात्मक रहे । होटल र उत्पादनमूलक समूह दोहोरो अंकले झरेका हुन् । अरु समूह भने नगन्य अंकले रातो रहे ।

बीमा, लघुवित्त, विकास बैंक र जलविद्युत समूह सकारात्मक रहे । यसदिन नेपाल स्टक एक्सचेन्जमा १५९ कम्पनीको ७ लाख ७० हजार बराबर कित्ता शेयर जम्मा ३५ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्