काठमाडौं, जेठ ६ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपाल–चीनबीच विद्युत विकासका द्विपक्ष्ीाय सम्भावना भएका परियोजनाका विषयमा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसँग भेटवार्ता गरेका छन् ।
राजदूत पौडेलले चीन नेपालको जलविद्युत तथा प्रसारण लाइन निर्माणमा सहकार्य गर्न निकै उत्सुक रहेको जानकारी गराएको मन्त्रीको सचिवालयले जनाएको छ ।
चीनले पछिल्लो एक दशकमा १ लाख मेगावाट विद्युत उत्पादन गरेकाले यसबाट नेपालले प्रविधि तथा सीप भित्र्याउन सक्ने राजदूत पौडेलले बताएको जनाइएको छ ।
राजदूत पौडेलले जलविद्युत तथा प्रसारण लाइन निर्माण आयोजनाको विवरण तयार गरेर पठाउन पनि आग्रह गरेको जनाइएको छ ।
नेपाल र चीनबीच गल्छी–रसुवागढी–केरुङ ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सहमति भइसकेको छ ।









प्रतिक्रिया दिनुहोस्