१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


अपर सोलु हाइड्रो पावरको कार्यालयमा स्थानीयद्वारा तालाबन्दी


0
Shares

सोलुखुम्बु, जेठ ६ । सोलुखुम्बुको निर्माणाधीन अपर सोलु हाइड्रो पावरको कार्यालयमा तालाबन्दी भएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाका स्थानीयले विभिन्न माग राखी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

आयोजनाले जिल्लामा रहेका तीन ठूला राजनीतिक दलहरु तत्कालीन नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको नाममा ६ करोड सेयर जारी गरेपछि स्थानीय असन्तुष्ट भएका हुन् ।

आयोजनाका जनसम्पर्क अधिकृत कैलाश थापाले भने राजनीतिक पार्टीलाई आधिकारिक रुपमा शेयर नदिएको जिकिर गर्दै संस्थापन शेयर लगानीकर्ताले चाहेको व्यक्ति वा संस्थालाई दिनसक्ने बताएका छन् ।