दाङका किसान पशुको कृत्रिम गर्भाधानतर्फ आकर्षित • Image Khabar Image Khabar


दाङका किसान पशुको कृत्रिम गर्भाधानतर्फ आकर्षित


Imagekhabar
७ जेष्ठ २०७५, सोमबार १०:३१

दाङका किसान पशुको कृत्रिम गर्भाधानतर्फ आकर्षित

दाङ, जेठ ७ । दाङका किसान पशुको कृत्रिम गर्भाधानतर्फ आकर्षित भएका छन् ।

ठाउँठाउँमा सहज रुपमा पशुको कृत्रिम गर्भाधान सेवा उपलब्ध भएपछि झन्झटिलो पना पनि हटेको किसानको भनाइ छ ।

पशुमा कृतिम गर्भाधान गराउँदा दूधको उत्पादन बढ्ने र नश्ल सुधार हुने भएकाले किसानको आकर्षण बढेको हो ।

किसानहरुले पशुको कृत्रिम गर्भाधान गराउन पशु सेवा शाखाबाटै सेवा लिन थालेका हुन् ।

विभिन्न प्रजातीका पशुमा कृत्रिम गर्भाधान गराइने भएपछि पशु पालनमा कृषकलाई सहजता मिलेको छ ।

पशुको कृत्रिम गर्भाधान गराईने भएसँगै कृषकहरु सम्वन्धित स्थानमा गएर यसको सेवा सुविधाको बारेमा जानकारी लिने गरेका छन् ।

पशु सेवा शाखा तुलसीपुरका शाखाका प्राविधिक मानबहादुर कुसारीले यो सेवा लिने कृषकको संख्या बढ्दै गएको बताए ।

आवश्यकता अनुसार कृत्रिम गर्भाधान गरी भाले वा पोथी जातको पशु उत्पादन गराउन सकिने उनले जानकारी दिए ।

दाङमा चालू आर्थिक वर्षको ९ महिनामा करिब साढे आठ सय पशुको कृत्रिम गर्भाधान गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्