
भक्तपुर, जेठ ७ । गृहमन्त्री रामबहादुर थापाले जनयुद्वका शहीद तथा वेपत्ताका परिवारलाई उचित सम्मान र सहयोग गर्न सरकार प्रतिवद्व रहेको बताएका छन् ।
वेपत्ता दिवसका अवसरमा भक्तपुरमा वाइसीएल नेपालले आयोजना गरेको शहीद तथा वेपत्ता परिवार सम्मान एवं अभिनन्दन कार्यक्रममा गृहमन्त्री थापाले समाजवाद उन्मुख संघीय सरकार निर्माणमा शहीद र वेपत्ता योद्वाहरुको ठूलो भूमिका रहेको बताए ।
वेपत्ता नागरिक र शहीदले देखेको सपना अझै पुरा नभएकाले भन्दै गृहमन्त्री थापाले उनीहरुको सपना साकार पार्न सरकार दृढ रहेको उल्लेख गरे ।
उनले भ्रष्ट्राचार र तस्करीका कारण मुलुकको विकास अवरुद्व भएको बताउँदै यस्तो प्रवृत्तिको अन्त्य गरी सरकार विकास र समृद्विको यात्रामा अगाडि बढिरहेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्