२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


पार्टी एकीकरणबाट बेपत्ता नागरिकहरुको सपना साकार : नेम्वाङ


0
Shares

राज्यद्वारा बेपत्ता पारिएका नागरिकहरुको सम्झनामा सोमबार साविक माओवादी केन्द्रको केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा आयोजित कार्यक्रममा नेम्वाङले सशक्त पार्टी निर्माणबाट सबैजना गौरवान्वित हुने अवस्था आएको बताए ।

उनले बेपत्ता नागरिकहरुको खोजबिनलगायतका मुद्दाहरु पनि चाँडै नै निष्कर्षमा पुग्ने बताए ।

वि.सं. २०५६ साल जेठ ७ गतेका दिन काठमाडौंको टेबहालबाट तत्कालीन माओवादी कार्यकर्ताहरु कमला शर्मा, मिलन नेपाली, नवीन गौतम, रवीन्द्र श्रेष्ठ, कृष्ण भक्तलगायतलाई प्रहरीले गिरफ्तार गरेकोमा उनीहरुको अहिलेसम्म केही पत्ता लागेको छैन ।

राज्यबाट बेपत्ता पारिएकाहरुमध्ये १९८ जनाको अवस्था अहिलेसम्म पनि अज्ञात रहेको छ ।

कार्यत्रममा बेपत्ता नागरिकद्वय पुष्प बस्नेत र धीरेन्द्र बस्नेतका पिताले बेपत्ता नागरिकहरुको विषयमा राज्य संवेदनशील हुनुपर्ने माग गर्दै ‘आजको दिन दुःखकोभन्दा पनि गौरवको दिन हो’–भने ।

कार्यक्रमका सहभागीहरुले बेपत्ता नागरिकहरुको स्थिति सार्वजनिक गर्न बेपत्ता नागरिक छानबिन आयोग तथा सत्यनिरुपण आयोगले पनि केही गर्न नसकेको भन्दै दुःख व्यक्त गरेका थिए ।