
सोमबारदेखि वीरगन्जमा सुरु भएको राप्रपाको तीनदिने केन्द्रीय परिषद् बैठकको उद्घाटन गर्दै अध्यक्ष थापाले पार्टी एकीकरणका लागि आफू बाधक भए पदबाट राजीनामा दिन तयार भएको बताए ।
हिन्दूराष्ट्र र राजसंस्थाका पक्षधर राष्ट्रवादी शक्तिबीचको एकतामा जोड दिँदै उनले पुराना तीता कुरालाई बिर्सेर पार्टी एकीकरण गर्न आह्वान गरे ।
पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष राजीव पराजुली, महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनलगायतले सनातन हिन्दूराष्ट्र र राजसंस्थाजस्तो विषय पार्टीले छाडेको कारण गत निर्वाचनमा पार्टीले हारको सामना गर्नुपरेको उल्लेख गरे ।
बैठकले पार्टीको अगामी रणनीति, राष्ट्रको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण र आगामी कार्यदिशा तय गर्नेछ । बैठक तीन दिनसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्