ओलाङचुङगोलामा तयार गलैंचा तिब्बतमा लोकप्रिय, मूल्य ११ हजारदेखि २० हजार रुपैयाँ • Image Khabar Image Khabar


ओलाङचुङगोलामा तयार गलैंचा तिब्बतमा लोकप्रिय, मूल्य ११ हजारदेखि २० हजार रुपैयाँ


Imagekhabar
८ जेष्ठ २०७५, मंगलवार ०८:२०

ओलाङचुङगोलामा तयार गलैंचा तिब्बतमा लोकप्रिय, मूल्य ११ हजारदेखि २० हजार रुपैयाँ

ताप्लेजुङ, जेठ ८ । ताप्लेजुङको ओलाङचुङगोलाबासीले बुनेको गलैंचाले तिब्बतमा राम्रो बजार पाउन थालेको छ ।

बर्षेनी यहाँ उत्पादित पाँच सयभन्दा बढी गलैंचा तिब्बतको बजारमा पुग्ने गरेको स्थानीयले बताएका छन् ।

तान लगाएर हातले बुनेको गलैंचा निकै आकर्षक र टिकाउ हुने भएकाले तिब्बतमा राम्रो बजार पाएको व्यवसायीले बताएका छन् ।

एक जना व्यवसायीले कम्तिमा पनि वर्षमा १५ वटासम्म गलैंचा तिब्बतमा लगेर बेच्ने गरेको स्थानीय छेतेन शेर्पाले जानकारी दिए ।

ओलाङचुङगोलाका ८० प्रतिशत परिवारले गलैंचा बुन्ने गरेका छन् । स्थानीय स्तरमा पाईने उनको धागो र बजारमा पाईने धागो दुवैको प्रयोग गरेर गलैँचा बुन्ने गरिएको छ ।

न्यूनतम ११ हजारदेखि २० हजार रुपैयाँभन्दा बढीमा यहाँका गलैंचा बिक्री हुने गरेका छन् । स्थानीय स्तरमा पाईने उनबाट बुनिएको गलैंचा गुुणस्तरीय मानिन्छ ।

ओलाङचुङगोलाका व्यवसायीले गलैंचा बिक्री गरेर तिब्बतबाट खाद्यान्न लगायतका सामग्री ल्याउने गर्दछन् ।

त्यहाँका महिलाले घरको अन्य काम भ्याएर पनि वर्षमा १५ वटासम्म गलैंचा बुनेर बेच्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्