१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


अन्तर्राष्ट्रिय स्तरमा नवरत्नले रच्यो नेपालको इतिहास


0
Shares

-केके मानन्धर/ ईमेज

भक्तपुर, जेठ ८ । अन्तर्राष्ट्रिय स्तरमा नेपालको इतिहास रच्न सफल भएका विद्यार्थीहरुलाई भक्तपुरको मध्यपुर थिमिस्थित नवरत्न अंग्रेजी स्कूलले सम्मान गरेको छ ।

बंगलादेशको ढाकामा आयोजित एस।क्यू।सी।सीको २१ औं अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल तथा नेपालीलाई प्रतिनिधित्व गर्दै उत्कृष्ट पुरस्कार जित्ने विद्यार्थीहरुलाई कदर स्वरुप सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा जेनी मानन्धर, सुमन श्रेष्ठ, सर्सिज श्रेष्ठ, अन्सु श्रेष्ठ, लसता मानन्धर, जिज्ञासा श्रेष्ठ र स्वन्ति श्रेष्ठ हुन् ।

वैशाख २० देखि २३ गते सम्म भएको सम्मेलनमा भारत, पाकिस्तान, अमेरिका, दक्षिण अफ्रिका, बेलायत, श्रीलंका लगायत नौ वटा देशका बीस भन्दा बढि स्कूलहरुले सहभागिता थियो ।

ती मध्ये स्टूडेन्ट क्वालिटी कन्ट्रोल सर्कल २०१८ को तीन फरक विधामा नवरत्नका विद्यार्थीहरु उत्कृष्ट भएका छन् ।

“पाँच फरक विधा मध्ये कोलाज, क्वीज कन्टेष्ट तथा केस स्टडी एण्ड प्रेजेन्टेसनमा उत्कृष्ट भएर मेरा विद्यार्थीहरुले नेपालको शान बढाए ।”

स्कूलका प्रिन्सिपल सुरेन्द्र श्रेष्ठले बताए । नवरत्न स्कूलबाट ९ जनाको टोलीलाई नेतृत्व गर्दै बंगलादेश पुगेका श्रेष्ठले आफ्ना विद्यार्थीहरु अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम भएकोमा उत्साहित छन् ।

त्यस्तै, कार्यक्रममा टिन एम्बासेडर २०१८ सर्सिज श्रेष्ठ, नइ देरुनिख बाल पुरस्कार विजेता स्वन्ति श्रेष्ठ तथा नइ कोपिला पुरस्कार विजेता सगुन श्रेष्ठलाई पनि सम्मान गरेको थियो ।

कार्यक्रममा बोल्नुहुँदै प्रदेश ३ का सांसद् राजेन्द्रमान श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राराष्ट्रिय स्तरमा नेपालको शान बढाएकोमा विद्यार्थीहरुलाई धन्यवाद दिँदै थप प्रोत्साहन दिनुपर्नेमा जोड दिए ।

नेपाल सरकारको क श्रेणीमा सुचिकृत नवरत्न अंग्रेजी स्कूलका विद्यार्थीहरुले यस अघि पनि धेरै राष्ट्रिय/अन्तर्राष्ट्रिय पुरस्कार जितिसकेको छ ।

बंगलादेशको राजधानी ढाकामा सम्पन्न सम्मेलनमा अन्तर्राराष्ट्रिय पुरस्कार जितेकी जेनी मानन्धर मिस लिटिल नेवाः २०१७ पनि नवरत्न कै विद्यार्थी हुन् ।