२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य नाइके ‘गोरे’ पक्राउ


0
Shares

काठमाडौं, जेठ ८ । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य नाइके ‘गोरे’ भनिने चुडामणि उप्रेती पक्राउ परेका छन् ।

गृह मन्त्रालयको विशेष छानविन समितिले गोरेलाई पक्राउ गरेको हो । उनलाई विदेशबाट पक्राउ गरेर ल्याइएको बताइएको छ ।

तर कहाँबाट पक्राउ गरिएको भन्ने बारे समितिले जानकारी दिएको छैन । पक्राउ परेका गोरेलाई आजै सार्वजनिक गर्ने तयारी समितिले गरेको छ ।

त्रिभुवन विमानस्थलमा एयरलाइन्सका कर्मचारी र प्रहरीसँग सेटिङ मिलाएर गोरेले सुन तस्करी गर्दै आएको आरोप प्रहरीले लगाएको छ ।

गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा उनले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेको आरोपसमेत लागेको छ ।

शाक्य हत्याको विस्तृत अनुसन्धान गर्ने क्रममा उनको तस्करीको धन्दा बाहिर आएको हो ।

सो प्रकरणमा विशेष समितिले यसअघि ३० जनालाई पक्राउ गरिसकेको छ। जसमध्ये ८ जना प्रहरी अधिकारी छन् ।