विराटनगरस्थित भारतको विवादास्पद ‘फिल्ड अफिस’ बन्द • Image Khabar Image Khabar


विराटनगरस्थित भारतको विवादास्पद ‘फिल्ड अफिस’ बन्द


Imagekhabar
८ जेष्ठ २०७५, मंगलवार १२:३८

विराटनगरस्थित भारतको विवादास्पद ‘फिल्ड अफिस’ बन्द

काठमाडौं, जेठ ८ । भारत सरकारले विराटनगरस्थित आफ्नो स्थल कार्यालय (क्याम्प अफिस) बन्द गरेको छ ।

नेपालस्थित भारतीय दूतावासले २०६५ साउनमा कोशी नदीमा भीषण बाढी आएकोे अवस्थामा खोलेको ‘फिल्ड अफिस’को उद्देश्य पूरा भएकाले बन्द गरिएको र त्यहाँका कर्मचारीलाई सरुवा गरिएको भारतीय विदेश मामिला मन्त्रालयका प्रवक्ताले सोमबार जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सो कार्यालय चाँडै हट्ने जनाउँदै आएका थिए ।

नेपालले सो कार्यालय हटाउन पटक पटक आग्रह पनि गर्दै आएको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गत वैशाख २८–२९ मा भएको नेपालको राजकीय भ्रमणका अवसरमा सो कार्यालय हटाउने भारत सरकारको निर्णयबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएको सो मन्त्रालयले जनाएको छ ।

तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि सो कार्यालय हटाउन कूटनीतिक पहल गरेका थिए । (रासस)

प्रतिक्रिया दिनुहोस्