मन्त्री पण्डित भन्छनः एक महिनाभित्र कर्मचारी व्यवस्थापन हुन्छ • Image Khabar Image Khabar


मन्त्री पण्डित भन्छनः एक महिनाभित्र कर्मचारी व्यवस्थापन हुन्छ


Imagekhabar
८ जेष्ठ २०७५, मंगलवार १३:५०

मन्त्री पण्डित भन्छनः एक महिनाभित्र कर्मचारी व्यवस्थापन हुन्छ

चितवन, जेठ ८ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एक महिनाभित्र कर्मचारी व्यवस्थापन गरिसकिने बताएका छन् ।

मकवानपुरमा आयोजित कार्यक्रममा सहभागी हुन चितवन आएका मन्त्री पण्डितले आज यहाँ पत्रकारसँग कुरा गर्दै संघीय प्रदेशको संरचनामा जाँदा केही समस्या आएको र नयाँ संरचनानुसार बनेका संगठनको आन्तरिक संरचना बनिसकेको बताए ।

केन्द्रीय संरचनामा आवश्यकतानुसार कर्मचारी राख्ने र अन्य सबैलाई विभिन्न तहमा पठाइने मन्त्री पण्डितले बताए ।

अहिले कर्मचारीको मनोविज्ञान केन्द्रीय प्रणालीमा छ भन्दै उनले कर्मचारीको मनोविज्ञान संघीय संरचनानुसार तयारी हुनुपर्ने बताए ।

केन्द्रीय प्रणालीअन्तर्गत रहेका संरचना संघीय प्रणालीअन्तर्गत तीन तहमा जाने उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्