
गृह मन्त्रालयको विशेष छानबिन समितिले गोरेलाई मंगलबार (आज) काठमाडौंबाट पक्राउ गरेको हो ।
उनलाई मंगलबार बिहान ५ बजेर ३४ मिनेटमा काठमाडौंको गौरीघाटबाट पक्राउ गरिएको छानबिन समितिले जनाएको छ ।
समितिले मंगलबारै गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी गोरेलाई सार्वजनिक गरेको छ ।
सुन तस्करीका मुख्य अभियुक्त भनिएका गोरेलाई अदालतमा उपस्थित गराउन मोरङ लगिएको छ ।
छानबिन समितिका संयोजक ईश्वर पौडेलले गोरेलाई सूक्ष्म निगरानी गरी पक्राउ गरिएको जानकारी दिए ।
समितिले गोरेसँग प्रारम्भिक सोधपुछसमेत गरेको छ । त्यसक्रममा गोरेले सुन तस्करीमा संलग्न भएकाहरुबारेसमेत केही जानकारी दिएको समितिले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एअरलाइन्सका कर्मचारी र प्रहरीसँग ‘सेटिङ’ मिलाएर गोरेले सुन तस्करी गर्दै आएको आरोप प्रहरीले लगाएको छ ।
गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा उनले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेको आरोपसमेत लागेको छ ।
शाक्य हत्याको विस्तृत् अनुसन्धान गर्नेक्रममा उनको तस्करीको धन्दा बाहिर आएको हो ।
सो प्रकरणमा विशेष समितिले यसअघि ३३ जनालाई पक्राउ गरिसकेको छ । जसमध्ये ८ जना प्रहरी अधिकारी छन् । घटनामा संलग्न ३१ जना अझै फरार रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्