
गृह मन्त्रालयको विशेष छानबिन समितिले मंगलबार बिहान काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको गोरेलाई काठमाडौंमा सार्वजनिक गरेलगत्तै विराटनगर लगेर अदालतमा पेस गरिएको हो ।
अदालतको अनुमति लिएर उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।
यसअघि, समितिले मंगलबारै गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी गोरेलाई सार्वजनिक गरेको थियो ।
विशेष समितिले यसअघि ३२ जनालाई पक्राउ गरिसकेको छ । जसमध्ये ८ जना प्रहरी अधिकारी छन् । घटनामा संलग्न ३२ जना अझै फरार छन् ।
प्रतिक्रिया दिनुहोस्