सार्वजनिकस्थलमा धूमपान गर्न नहुने कानुनको पालना गराउन असफल (भिडियो) • Image Khabar Image Khabar


सार्वजनिकस्थलमा धूमपान गर्न नहुने कानुनको पालना गराउन असफल (भिडियो)


Imagekhabar
८ जेष्ठ २०७५, मंगलवार १९:५४

सार्वजनिकस्थलमा धूमपान गर्न नहुने कानुनको पालना गराउन असफल (भिडियो)

सार्वजनिकस्थलमा धूमपान गर्न नहुने कानुनको पालना गराउनसमेत सरोकारवाला निकायहरु असफल भएका छन्

सार्वजनिक स्थानमा धूमपान गरेमा सजाय हुने कानुन लागू भएको ७ वर्ष भइसक्यो । तर, यसको पालना भने कहिँ–कतै भएको देखिँदैन । मानिसहरु निर्धक्कसँग सार्वजनिकस्थलमा धूमपान गरिरहेको यत्रतत्र देख्न पाइन्छ ।

ऐन–कानुन यथेष्ठ भएपनि कार्यान्वयनमा कडाइ नहुँदा स्थिति जस्ताको तस्तै रहेको छ ।

दुई/चार दिन कडाइ गर्ने र सुस्ताउने प्रवृत्तिले गर्दा सन्तोषजनक प्रतिफल नमिलेकोमा शंका छैन ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सन्चार केन्द्रका मेडिकल अधिकृत शशी कँडेलकाअनुसार नेपालमा सुर्तीजन्य सेवनले वार्षिक १५ हजार मानिसको मृत्यु हुन्छ ।

कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका र गर्भवती महिलालाई सुर्तीजन्य सामग्री बिक्री गर्न पाइँदैन ।

तर, अधिकांश बिक्रेताहरु यस विषयमा सुसूचित छैनन् भने थाहा हुनेहरुले पनि अटेर गर्ने गरेका छन् । सरोकारवालाहरु जनचेतना अभिवृद्धिमा असफल भएको यसबाट पुष्टि हुन्छ ।

सार्वजनिक स्थानमा धूमपान गर्नुहुँदैन भन्ने विषयमा सर्वसाधारणलाई यथेष्ट जानकारी दिनुपर्ने अहिलेको आवश्यकता देखिन्छ ।

सरकारले सुर्तीजन्य सामग्रीका ‘प्याकिङ’को ९० प्रतिशत भागमा घातक रंगिन चित्र र सन्देश हुनुपर्ने नियम पनि लागू गरेको छ ।

तर, देशको सबैभन्दा ठूलो चुरोट उत्पादक सूर्य टोबाले यो नियमको पनि पालना गरेको छैन ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्