
ताप्लेजुङ, जेठ ९ । ताप्लेजुङमा ३८ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा फुङलिङ नगरपालिका–५ का ३० वर्षीय रोहित श्रेष्ठ छन् ।
झापाबाट ताप्लेजुङतर्फ आउने क्रममा रहेका श्रेष्ठलाई मंगलबार पाथीभरा याङवरक गाउँपालिकास्थित मेवखा प्रहरी चेकपोष्टबाट पक्राउ गरिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।
ब्राउन सुगर ओसार पसार भईरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाटसमेत खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा श्रेष्ठको साथबाट ब्राउन सुगर फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस्