
बुधबार न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म गोरेको बयान लिएको हो ।
त्यसक्रममा उनीमाथि लागेका आरोपहरु पढेर सुनाइएको थियो भने सुन तस्करी र शाक्य हत्या प्रकरणमा मुछिएका व्यक्तिहरु र उनको सम्बन्धको विषयमा सोधपुछ गरिएको थियो ।
गोरेसँग बिहीबार पनि बयान लिइने बताइएको छ ।
‘हिरासतमा असुरक्षित’
गोरेले जिल्ला प्रहरी कार्यालयको हिरासतमा आफू असुरक्षित रहेको र ज्यानमार्ने धम्की आएको भन्दै बुधबारै मानवअधिकारकर्मीको निगरानीमा बस्न पाऊँ भनी निवेदन दर्ता गराएका छन् ।
यससँगै अदातलले सुरक्षा व्यवस्था कडा पार्न भन्दै जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको छ ।
२८ अभियुक्तलाई झुम्का कारागार लगियो
त्यस्तै, सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश सुनाइएका २८ जना अभियुक्तहरुलाई बुधबारै सुनसरीको झुम्का कारागार लगिएको छ ।
जिल्ला अदालत मोरङले मंगलबार एसएसपी दिवेश लोहनी, पूर्वडीआइजी गोविन्द निरौलासहित २८ जनालाई पुर्पक्षका लागि जिल्ला कारागार मोरङ लैजान आदेश दिएको थियो ।
तर, कारागारमा ठाउँको अभाव भएपछि उनीहरुलाई क्षेत्रीय कारागार झुम्का लगिएको हो ।
प्रतिक्रिया दिनुहोस्