२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


तुलसी दिवसलाई युगकवि सिद्धिचरण पुरस्कार


0
Shares

उपराष्ट्रपतिको कार्यालय कान्तिपथमा आयोजित कार्यक्रममा संस्कृतिविद् एवं कवि तुलसी दिवसलाई युगकवि सिद्धिचरण पुरस्कार र पत्रकार गणेशकुमार राईलाई युगकवि सिद्धिचरण युवा पुरस्कार प्रदान गरियो । ती पुरस्कारको राशि क्रमशः एक लाख र २५ हजार रुपैयाँ रहेको छ ।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले युगकवि सिद्धिचरण श्रेष्ठको खन्डकाव्य ‘आत्म बिलौना’को परिमार्जित संस्करणको लोकार्पण पनि गरे ।

सो अवसरमा पुरस्कृत व्यक्तित्व तुलसी दिवसले सिर्जनाको क्षेत्रमा लाग्ने व्यक्ति कहिल्यै भूतपूर्व नहुने धारणा राखे ।