
सडकको धेरैजसो क्षेत्रको एकातर्फ त्रिशूली नदी र अर्कोतर्फ अग्लो पहाड भएकाले सो सडकखन्ड जोखिमपूर्ण सडककारुपमा लिइन्छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाको परामर्शदाता कम्पनीका आवासीय इन्जिनियर पुष्कर रेग्मीकाअनुसार सडक यात्राकाक्रममा सुरक्षित यात्रा गर्न र सडक सुरक्षाका लागि आयोजनाले विभिन्न संरचना निर्माण गरिरहेको छ ।
उनकाअनुसार दुर्घटना नहोस् भन्नका लागि कालोपत्रे सडकमा दायाँ र बायाँ पहेलो रङ र बीचमा सेतो रङले ‘एज मार्किङ गरिँदैछ’ । जसबाट सवारीचालकले आफ्नो लाइनमा सवारी चलाउने र दुर्घटना कम हुने विश्वास गरिएको छ ।
सडकखन्डको हरेक मोड र व्यस्त क्षेत्रमा ट्राफिक साइनबोर्ड राखिनेछ ।
बाटोको अवस्था झल्काउने र सडकमा सुरक्षित यात्राका लागि दिने संकेतसहितको ट्राफिक साइनबोर्ड रहनेछन् । जसका कारण बाटोमा यात्रा गरिरहँदा सडकको अवस्थाका विषयमा जानकारी प्राप्त गर्न सकिनेछ ।
सडकखन्डमा पर्ने पुलमा संकेत दिनका लागि ‘रम्बल स्टिप’ राखिनेछ । नारायणगढदेखि मुग्लिनसम्म १८ ओटा पुल रहेका छन् ।
सवारी चलाएर सडकमा यात्रा गरिरहँदा पुलको मुखैमा राखिएको रम्बल स्टिपमा सवारी गुड्दा पुल आएको संकेत मिल्नेछ ।
सो सडकखन्डमा सडक सहज बनेसँगै पछिल्ला तीन महिनामा दुर्घटनाको संख्या बढेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार फागुनमा ६, चैतमा ८ र वैशाखमा ९ ओटा दुर्घटना भएका छन् । जसबाट तीन महिनामा १० को मृत्यु र ७९ जना घाइते भएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्