
सरकारले प्रस्तुत् गरेको नीति तथा कार्यक्रममाथिको छलफलकाक्रममा बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद श्रेष्ठले दक्षिण एसियाली खेलकुद (साग)को आयोजना नेपालले गर्ने भएकाले यसलाई सफल पार्न स्पस्टरुपमै प्राथमिकतामा राख्नुपर्ने बताए ।
उनले राष्ट्रको गौरव बढाउने खेलाडीहरुलाई आजीवन भत्ताको व्यवस्था गर्न पनि माग गरे ।
सांसद श्रेष्ठले पूर्वाधारको क्षेत्रमा नीति तथा कार्यक्रममा आएको योजनाले खेलकुदलाई राम्रो गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्